FAQs Complain Problems

सूचना !

नेपालीहरुको महान चाड वडादशैं अगाडीनै गोकर्णेश्वोर नगरपालिकाले गो.न.पा. वडा नं ३ सुन्ताखान रुटमा पुर्ण रुपमा सार्वजनिक वस सेवा सन्चालन गर्न धेरै प्रयास गरिएकोमा प्राविधिक तथा अन्य विभिन्न कारणले वस सेवासन्चालन गर्न

नसकिएकोमा गोकर्णेश्वोर नगरपालिका क्षमा चाहान्छौं साथै यहि २०७६ साल असोज २२ गते बुधवार देखि उक्त रुटमा ६ वटा सार्वजनिक बस सेवा सन्चालन हुने भएकोले सम्बन्धित सबैलाइ जानकारीको लागि अनुरोध गर्दछौं।
अन्त्यमा २०७६ सालको महान चाड वडादशैं, दिपावली, नेपाल संवत्, छठपर्वको अवसरमा नेपाल भित्र, बाहिर तथा बिदेशमा रहनुहुने नेपाली दाजु-भाइ, दिदी-बहिनी तथा गोकर्णेश्वोर नगरवासीहरुमा सुख सम्बृद्धीको कामना गर्दै

हार्दिकमंगलमय शुभ-कामना ब्यक्त गर्दछु।

सन्तोष चालिसे
 

नगर प्रमुख
गोकर्णेश्वोर नगरपालिका