गोकर्णेश्वर नगरपालिकाको अधिकारिक वेबसाइटमा यहाँहरुलाई हार्दिक स्वागत छ

गोकर्णेश्वर नगरपालिका मा यहाँ हरुलाई हार्दिक स्वागत छ l

देशकाे राजधनी तथा नेपालकै ठूलाे सहर काठमाडाै जिल्लाकाे उत्तरपूर्वमा अवस्थित यस नगरपालिका नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गते घाेषाणा भएको नयाँ नगरपालिका हो । साविकका पाँच गा.वि.स हरु  सुन्दरीजल , नयाँपाटी, वालुवा, गाेकर्णेश्‍वर र जोरपाटी लाई सम्मिलित गराई गठन भएकाे यस गोकर्णेश्‍वर नगरपालिकामा ९ वटा वडाहरु छन् भने यसकाे केन्द्र जोरपाटी रहेको छ ।

भौगोलिक बिविधता,अाफ्नै मौलिकता,महत्वपूर्ण तथा एेतिहाँसिक धार्मिक स्थल र पबित्र नदी वागमतीले शुशाेभित यस नगरपालिकाकाे भू वनाेवटमा टार, वेसी, भिरपाखा, फाँट र जङ्गल अादिको समिश्रण रहेको छ । यसको पूर्वी सिमानामा का.म.न.पा वडा नं ६ र बुढानिकण्ठ नगरपालिका रहेको छ । पश्चिम दक्षिणमा कागेश्‍वरी मनहरा नगरपालिका रहेको छ । उत्तरमा शिवपूरी राष्ट्रिय निकुञ्ज र नुवाकोट जिल्लाको सिमाना रहेको छ । यस नगरपालिकाको कुल क्षेत्रफल ५८ दशमलव ५ वर्गकिलोमिटर रहेको छ । २०६८ सालको जनगणना अनुसार यस नगपालिकाको जनसंख्या १०७३५१ रहेको छ भने व्यापक वसाई सराईका कारण हाल यस नगरपालिकाको जनसंख्या करिव दुइ लाखको हाराहारीमा रहेको अनुमान छ ।

गोकर्णेश्वरको बारेमा थप जानकारी चाहिएमा यहाँ click गर्नुहोस्।