प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको गोकर्णेश्वर नगरपालिकाको जोरपाटीबाट शुभारम्भ गरेका छन् ।
जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, नगर प्रवक्ता मनोज कुमार ढुंगाना , वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, वागमति प्रदेश सभा सदस्य प्रभात तामाङ, नेपाली काङ्ग्रेस सूचना प्रचार बिभागको केन्द्रिय सदस्य बिमल ठकुरी , प्रमुख सल्लाहकार दिपक रिसाल, वडा अध्यक्षहरु रमेश अर्याल, नारायण बहादुर सुवेदी, श्रीकृमार श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृत राम प्रसाद आचार्य, वडा सदस्य नन्दलाल श्रेष्ठ ,नवराज लामा लगायतको सहभागिता रहेको थियो ।
अमेरिकाले पछिल्लो पटक जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज कोरोना विरुद्धको खोप नेपाललाई सहयोग गरेको छ ।